पोखरामा मनाइयो ‘४४ औं मगर दिवस’ (तस्बिरहरु)

पाेखरा | फागुन १५, २०८२

पोखरामा मनाइयो ‘४४ औं मगर दिवस’ (तस्बिरहरु)

पोखरा ।    ‘इतिहास, भाषा, संस्कृति संरक्षण सम्बद्र्धन मगरहरुको मूल मन्त्र, जातिय पहिचान र स्वायत्त शासनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र’ भन्ने नारासहित एकताको सन्देश दिँदैं पोखरामा पनि ४४ औं मगर एकता दिवस मनाएको छ ।

 

हरेक वर्षको फागुन १५ गते मनाइदैं आएको मगर एकता दिवस मगर जातिसँग सम्बन्धित बाँजागाजासहित र्याली निकालेर मगर दिवस मनाएको हो ।

 

नेपाल मगर संघ कास्कीले आयोजना गरेको सो कार्यक्रमको र्याली मानव अधिकार चोकबाट सुरु भई न्यूरोड, सभागृह हुँदै रंगशालास्थित मगर संघको भवनमा पुगेर सभामा परिणत भएको थियो ।

 

र्यालीमा नेपाल मगर संघ कास्कीमा आबद्ध ३० वटा इकाई समितिभन्दा बढी समाजको सहभागी दिए ।

 

एकताको सन्देशसहित आज देशका विभिन्न स्थानमा एकसाथ मगर एकता दिवस मनाइदैँछ ।

 

थप तस्बिरहरु:-

 

 

 

 

 

 

 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्